२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सशस्त्रका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४०...

सशस्त्रका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४० हजार घुससहित पक्राउ

सशस्त्रका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४० हजार घुससहित पक्राउ

सहर्ष न्युज
शुक्रवार, चैत्र २० २०८२
सहर्ष न्युज
शुक्रवार, चैत्र २० २०८२
  • बर्दिबास : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेका छन्।

    शुक्रबार बिहान मिथिला नगरपालिकाको लालगढबाट प्रहरी निरीक्षक ओकिल अधिकारीलाई ४० हजार घुससहित पक्राउ गरिएको क्षेत्रीय आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

    उनका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी धनीबाट घुस लिएको अवस्थामा पक्राउ गरिएको हो।

    प्रहरी निरीक्षक अधिकारीले सवारीसाधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो।

    यस विषयमा प्रेस विज्ञप्ति तयारी भइरहेको सूचना अधिकारी पोखरेलले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend