२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • सोलुखुम्बुमा नेपाली कांग्रेसका तर्फबाट व्यवसायी प्रकाश...

सोलुखुम्बुमा नेपाली कांग्रेसका तर्फबाट व्यवसायी प्रकाश सिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका तर्फबाट व्यवसायी प्रकाश सिंह कार्की विजयी

सहर्ष न्युज
आइतवार, फाल्गुण २४ २०८२
सहर्ष न्युज
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं । सोलुखुम्बु प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन्।

    मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्। कार्कीले राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गरेका हुन्।

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका बीएस राईले ३ हजार ३६३ मत पाएका छन्।

    त्यस्तै उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।

    जिल्लाको विकास, जनताको सेवा र लोकतन्त्र सुदृढीकरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता

    निर्वाचनमा विजयी भएपछि कार्कीले सोलुखुम्बुवासी मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले मतदाताले दिएको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकास, जनताको सेवा र लोकतन्त्र सुदृढीकरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    कार्कीले दुर्गम गाउँदेखि बस्ती–बस्तीमा पुगेर साथ दिने मतदाता, युवा, महिला, अग्रज तथा पार्टी कार्यकर्ताप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जनअपेक्षा अनुसार काम गर्ने बताएका छन्। उनले सबै मतदातालाई पुनः धन्यवाद दिँदै ‘जय नेपाल’ भन्ने नारासहित आफ्नो सन्देश टुंग्याएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend