२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • रास्वपाका राजु पाण्डेले उज्यालो नेपालका कुलमान...

रास्वपाका राजु पाण्डेले उज्यालो नेपालका कुलमान घिसिङलाई उछिने

रास्वपाका राजु पाण्डेले उज्यालो नेपालका कुलमान घिसिङलाई उछिने

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं : काठमाडौं क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम गरेका छन्। पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पछि पार्दै पहिलो स्थानमा रहेका छन्।

    हालसम्मको मतगणनामा पाण्डेले २ हजार ९ सय ६० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका घिसिङले २ हजार ७० मत प्राप्त गरेका छन्।

    यस क्षेत्रमा प्रमुख दलका उम्मेदवार भने निकै पछि परेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल ५ सय ८३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

    त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले ४ सय ५६ मत प्राप्त गरेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सुन्दर राम बोहोराले ७३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निरज लामाले ४९ मत प्राप्त गरेका छन्।

    काठमाडौं–३ मा मतगणना जारी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend