२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै चितवनमा मतदान सुरु

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै चितवनमा मतदान सुरु

सहर्ष न्युज
बिहिवार, फाल्गुण २१ २०८२
सहर्ष न्युज
बिहिवार, फाल्गुण २१ २०८२
  • नारायणगढ । चितवन जिल्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै जिल्लामा मतदान औपचारिक रूपमा प्रारम्भ भएको हो।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पश्चिम चितवनको शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गर्नुभएको हो। उहाँले बिहीबार बिहान करिब ७:२० बजे आफ्नो मत खसाल्नुभएको थियो।

    मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।

    चितवनमा प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रचण्डले मतदान गर्नुभएको क्षेत्र नं. ३ मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

    निर्वाचन कार्यालय चितवनका अनुसार क्षेत्र नं. ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेका छन्। तीमध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।

    यसैगरी चितवन क्षेत्र नं. १ मा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन्। तीमध्ये ७६ हजार ७६१ पुरुष र ७२ हजार ८६० महिला छन्। यस क्षेत्रमा ५६ मतदान स्थल र १६८ मतदान केन्द्र तोकिएका छन्।

    त्यस्तै चितवन क्षेत्र नं. २ मा एक लाख ३७ हजार १५२ मतदाता रहेका छन्। तीमध्ये ६७ हजार ८५७ पुरुष, ६९ हजार २९४ महिला र एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। यस क्षेत्रमा ४८ मतदान स्थल र १५२ मतदान केन्द्र निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend