२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • इँटा बोकेको मिनी ट्रक दुर्घटना, चार...

इँटा बोकेको मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु

इँटा बोकेको मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु

सहर्ष न्युज
शनिवार, फाल्गुण २ २०८२
सहर्ष न्युज
शनिवार, फाल्गुण २ २०८२
  • ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा इँटा बोकेको मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक शुक्रबार राति साढे ९ बजेतिर दुर्घटनामा परेको हो।

    घटनास्थलमै दुई जनाको ज्यान गयो

    जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) तथा सूचना अधिकारी गौतम मिश्रका अनुसार दुर्घटनास्थलमै चालक ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार ४२ वर्षीय गणेश थापाको मृत्यु भएको थियो।

    उपचारका क्रममा थप दुईको मृत्यु

    दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा ५५ वर्षीय गोपी कार्कीको राति करिब १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृत्यु हुने अर्का एकजना अन्दाजी ४० वर्षीय पुरुषको भने पहिचान खुल्न सकेको छैन।

    उकालो र बढी भारका कारण दुर्घटना !

    प्रारम्भिक अनुसन्धान अनुसार उकालो सडक र इँटाको अत्यधिक भारका कारण ट्रक ब्याक भएर दुर्घटनामा परेको आशंका गरिएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend