२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्न...

सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्न कर्मचारीहरुलाई प्राधिकरणको निर्देशन

सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गर्न कर्मचारीहरुलाई प्राधिकरणको निर्देशन

सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ।

    प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ।

    पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोष्ट र प्रतिक्रिया एवम् कार्यालयका पत्रहरु समेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ।

    प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको प्राधिकरणका सह निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए।

    प्राधिकरण कर्मचारी सेवा, शर्त नियमावली २०७५ मा व्यवस्था भए बमोजिमको आचरणको उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोष्टहरु नराख्न सूचित गरिएको छ।

    अनावश्यक पोष्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारवाही समेत हुने सूचनामा स्पष्ट पारिएको छ।

    सूचना हेर्नुस्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend