काठमाडौं। स्थानीय बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको हो।
हिजो (बिहीबार) प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख १८ हजार ८०० रुपैयाँमा झरेको छ। यसरी सुनको मूल्य एकै दिनमा प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको छ। हिजो प्रतितोला ७ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज घटेर ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला ४४० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलरमा तथा सोही परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
