२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • एनआरएनए १२औँ विश्व सम्मेलन तयारीका लागि...

एनआरएनए १२औँ विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन, समितिमा को–को

एनआरएनए १२औँ विश्व सम्मेलन तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन, समितिमा को–को

सहर्ष न्युज
शुक्रवार, माघ १७ २०८२
सहर्ष न्युज
शुक्रवार, माघ १७ २०८२
  • काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ। परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयले उक्त समिति गठन गरेको हो।

    सम्मेलनलाई सफल, प्रभावकारी तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरकारी तथा निजी क्षेत्रका सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

    आयोजक समितिको संरचना

    अध्यक्ष

    • माननीय परराष्ट्र मन्त्री

    सदस्यहरू

    • सदस्य, राष्ट्रिय योजना आयोग

    • सचिव, परराष्ट्र मन्त्रालय

    • सचिव, अर्थ मन्त्रालय

    • सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

    • सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

    • प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड

    • सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा

    • सह–सचिव, आर्थिक कूटनीति महाशाखा

    • अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

    • अध्यक्ष, नेपाल उद्योग परिषद्

    • अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

    • डा. बद्री के.सी., अध्यक्ष, गैर आवासीय नेपाली संघ

    • महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ

    • प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त समितिले सम्मेलनको समग्र तयारी, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend