२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • मुलपानीमा लुटपाटमा संलग्न १० जना पक्राउ,...

मुलपानीमा लुटपाटमा संलग्न १० जना पक्राउ, प्रहरीले चलायो गोली

मुलपानीमा लुटपाटमा संलग्न १० जना पक्राउ, प्रहरीले चलायो गोली

सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं : काठमाडौंको मुलपानी क्षेत्रमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटपाट भएको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो।

    प्रहरी टोलीले विशेष अपरेसनका क्रममा लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पक्राउका क्रममा प्रहरीले आत्मरक्षाका लागि गोलीसमेत चलाउनु परेको उनले बताए।

    प्रहरीका अनुसार पक्राउ परेकाहरूले रातिको समयमा विभिन्न व्यक्तिलाई लक्षित गरी लुटपाट गर्दै आएका थिए। घटनाबाट पीडित भएका व्यक्तिहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।

    यस घटनासम्बन्धी थप विस्तृत विवरण पछि सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend