२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • बारामा आमाछोराको धारिलो हतियार प्रयोग गरी...

बारामा आमाछोराको धारिलो हतियार प्रयोग गरी हत्या, परिवारका अन्य सदस्य घाइते

बारामा आमाछोराको धारिलो हतियार प्रयोग गरी हत्या, परिवारका अन्य सदस्य घाइते

सहर्ष न्युज
बुधवार, माघ १५ २०८२
सहर्ष न्युज
बुधवार, माघ १५ २०८२
  • बारा : बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहले घरमै सुतिरहेका आमाछोराको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरेको छ।

    मंगलबार राति भएको उक्त घटनामा जगरुप महतोकी श्रीमती सुमिन्त्रा देवी र छोरा रामईश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।

    प्रहरीका अनुसार घटनामा जगरुप महतो स्वयं पनि धारिलो हतियारको आक्रमणबाट घाइते भएका छन्। साथै, महतो परिवारकै अन्य दुई जना सदस्य पनि घाइते भएका छन्।

    राति करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले घरमै प्रवेश गरी धारिलो हतियार प्रयोग गरेर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक तुपेन्द्र श्रेष्ठले बताए।

    घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ।

    हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको जनाउँदै प्रहरीले परिवारभित्र र परिवार बाहिर दुवै कोणबाट अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जनाएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend