२०८३ कार्तिक १५ गते शनिवार

images

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो

सहर्ष न्युज
बुधवार, माघ १ २०८२
सहर्ष न्युज
बुधवार, माघ १ २०८२
  • काठमाडौं । काठमाडौं उपत्यकामा आज तापक्रम निकै घटेको छ। आज बिहान ६ बजेर २७ मिनेटमा उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए।

    ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो। मौसमविद् उपाध्यायका अनुसार आगामी घण्टामा तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ, जसका कारण चिसोको महसुस थप बढेको छ।

    आजको न्यूनतम तापक्रमको अन्तिम मापन बिहान ८ बजेर ४५ मिनेटमा गरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यसैबीच, आज तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend