२०८३ भाद्र २९ गते सोमवार

images
  • समाचार
  • बालेन्द्र शाह रास्वपाको औपचारिक बरिष्ठ नेता,...

बालेन्द्र शाह रास्वपाको औपचारिक बरिष्ठ नेता, को–को थपिए केन्द्रीय सदस्यमा

बालेन्द्र शाह रास्वपाको औपचारिक बरिष्ठ नेता, को–को थपिए केन्द्रीय सदस्यमा

सहर्ष न्युज
सोमवार, पौष २१ २०८२
सहर्ष न्युज
सोमवार, पौष २१ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।

    आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

    यी हुन् नयाँ केन्द्रीय सदस्यहरु

    १. बालेन्द्र शाह (वरिष्ठ नेता)

    २. सुनिल लम्साल

    ३. भूप देव शाह

    ४. सस्मित पोखरेल

    ५. सागर ढकाल

    ६ .सरिता ज्ञवाली

    ७. रमेश पौडेल

    ८. केपी खनाल

    ९. खडक राज पौडेल

    १०. सन्तोष गिरि

    ११. लक्ष्मण थारु

    १२. खगेन्द्र सुनार

    १३. डा. नमिता यादव

    १४. लक्ष्मी बर्देवा

    १५. राम कुमार ढुंगाना

    १६. रोहन कार्की

    १७. अनन्त राज घिमिरे

    १८. सुशान्त बैदिक

    १९. प्रदिप ज्ञवाली

    २०. जेम्स कार्की

    २१. मधुसुदन ढकाल

    २२. ओजस्वी थापा

    २३. शिव यादब

    २४. आदित्य आचार्य

    २५. प्रदिप पाण्डे

    २६. खेम राज साउद ।

    सभापति रवि लामिछाने र बालेनबीच पुस १३ गते भएको सहमतिअनुसार केन्द्रीय समिति बैठकले समायोजन प्रक्रिया अघि बढाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend