२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाचार
  • नेपाल प्रहरीद्वारा मंसिर महिनामा ४० करोड...

नेपाल प्रहरीद्वारा मंसिर महिनामा ४० करोड २५ लाख रुपैयाँ राजस्व संकलन

नेपाल प्रहरीद्वारा मंसिर महिनामा ४० करोड २५ लाख रुपैयाँ राजस्व संकलन

सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
  • काठमाडौं।  नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो।

    केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीबापत ७ करोड १५ लाख ९३ हजार रुपैयाँ तथा अवैध सुनचाँदी बरामदबापत ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व संकलन गरेको छ।

    यस्तै हुण्डी कारोबार गर्नेहरूबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकम ८५ लाख ९ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरूबाट २७ लाख ६४ हजार रुपैयाँ, अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ र अवैध पशुपक्षीको कारोबार गर्नेहरूबाट ७ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता काफ्लेले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend