२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • ग्राहक ठग्ने हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा...

ग्राहक ठग्ने हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी

ग्राहक ठग्ने हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी

सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
सहर्ष न्युज
सोमवार, पौष १४ २०८२
  • कालिकोट: कालिकोट जिल्लामा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको कार्यालयमा आज तालाबन्दी गरिएको छ। बिमा ग्राहकबाट ठगी भएको आरोप लगाउँदै पीडित पक्षले कार्यालयमा ताला लगाएको हो।

    खाँडाचक्र नगरपालिका–२ का बिर्खबहादुर खड्काका अनुसार उनले २०७९ सालमा जीवन बिमा गरेका थिए र २०८१ सालसम्म नियमित किस्ता तिरेका थिए। तर २०८२ सालको किस्ता तिर्न जाँदा २०८१ सालको किस्ता इन्कार गरिएको भन्दै उनले आपत्ति जनाएका छन्। यसै विषयमा बारम्बार कार्यालय धाउँदा पनि समस्या समाधान नभएपछि आज तालाबन्दी गर्नुपरेको खड्काको भनाइ छ।

    खड्काले आफ्नो ३२ हजार ७ सय ३५ रुपैयाँ ठगी भएको आरोप लगाएका छन्। यस्तै, स्थानीय देवराज शाहीले पनि पहिलो किस्तामा बिमा गरेको रकम फिर्ता माग्दा कम्पनीले दिन नमानेपछि कार्यालयमा तालाबन्दी गरिएको पीडित पक्षले जनाएको छ।

    सवारी चालकसमेत रहेका खड्का असार महिनादेखि निरन्तर कार्यालय धाइरहे पनि सुनुवाइ नभएको युवा हिक्मतजंग मल्लले बताए। उनले पीडितको समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend