काठमाडौं । विश्वका धनी व्यक्तिहरूको सूचीमा एलन मस्कले नयाँ कीर्तिमान कायम गर्दै पहिलो पटक ६०० अर्ब अमेरिकी डलरभन्दा बढीको सम्पत्ति पुगेको छ। पछिल्लो २४ घन्टामा मस्कको सम्पत्तिमा करिब १६७ अर्ब डलर वृद्धि भएको छ। मस्कले ६०० अर्ब डलर सम्पत्ति भएको पहिलो व्यक्ति कीर्तिमान कायम गरेका छन् ।
उनको यो वृद्धिको मुख्य कारण मस्कको रकेट कम्पनी स्पेसएक्सको मूल्यमा आएको तीव्र उछाल हो ।
हाल मस्कको कुल सम्पत्ति करिब ६३८ अर्ब डलर पुगेको ब्लूमबर्गको तथ्यांकले देखाएको छ। यससँगै उनी विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजभन्दा ३७३ अर्ब डलरभन्दा बढीले अगाडि छन् ।
मस्कको आम्दानी मुख्य रूपमा उनका कम्पनी टेस्ला, स्पेसएक्स र अन्य प्रविधि क्षेत्रमा आधारित छ। हाल उनी टेस्लाको करिब १३ प्रतिशत र स्पेसएक्सको ४२ प्रतिशत स्वामित्व राख्छन् ।
