२०८३ भाद्र २७ गते शनिवार

images

एनपिएल सुरक्षामा १५०० सुरक्षाकर्मी परिचालन

एनपिएल सुरक्षामा १५०० सुरक्षाकर्मी परिचालन

सहर्ष न्युज
मंगलवार, मंसिर ३ २०८२
सहर्ष न्युज
मंगलवार, मंसिर ३ २०८२
  • कीर्तिपुर : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुर रङ्गशाला परिसरमा करिब १,५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नेपाल प्रहरीबाट मात्र १,२२३ सुरक्षाकर्मी खटाइएका छन्।

    उनका अनुसार ट्राफिक प्रहरी, सशस्त्र प्रहरी तथा क्यानले व्यवस्था गरेका सुरक्षाकर्मी गरी कुल संख्या १,५०० भन्दा बढी पुगेको छ। नयाँ संरचना, बढ्दो क्रिकेट रुचि र भीड व्यवस्थापनलाई ध्यानमा राखेर यसपटक सुरक्षा तयारी विस्तृत रूपमा अघि बढाइएको भट्टराईले जानकारी दिए।

    उनका अनुसार रङ्गशालामा यसपटक तीनवटा ढोकाबाट दर्शक प्रवेश गराउन व्यवस्था मिलाइएको छ, जसले भीडको दबाब कम गर्ने छ। रङ्गशाला परिसरमा जडान गरिएका ४२ वटा सिसिटिभी क्यामेरा तथा ड्रोनमार्फत २४ घण्टा निगरानी भइरहेको छ। टिकट वा प्रवेश पास नभएकाहरू गेट अगाडि नजम्मिन विशेष ध्यान दिइएको र बाहिरी पर्खालमा काँडेतार समेत राखिएको भट्टराईले बताए।

    एनपिएलका खेल अघि प्रत्येक दिन सुरक्षाजाँचका लागि प्रहरी, अनुसन्धान टोली, स्निफर डग र स्क्यानिङ उपकरण प्रयोग गरिने उनले जानकारी दिए।

    रङ्गशालाको मुख्य मार्ग हुँदै त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागतर्फ गाडी आवतजावत हुने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताइएको छ। खेलाडीहरूको आवतजावत तथा बसोबास क्षेत्र सुरक्षाका लागि पनि प्रहरी परिचालन गरिएको भट्टराईले उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend