काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। यस पटक ८ टोलीहरूले सहभागिता जनाउँदै छन् र कुल २८ लिग म्याचहरू एकल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछन्। लिग चरणपछि शीर्ष दुई टोलीहरूबीच डिसेम्बर ९ मा पहिलो क्वालीफायर हुनेछ। तेस्रो र चौथो स्थानका टोलीहरूबीच डिसेम्बर १० मा एलिमिनेटर म्याच खेलिनेछ। क्वालिफायर १ को हार्ने टोली र एलिमिनेटरको विजेताबीच डिसेम्बर ११ मा दोश्रो क्वालिफायर हुनेछ। अन्तिम फाइनल म्याच क्वालिफायर १ को विजेता र क्वालिफायर २ को विजेताबीच डिसेम्बर १३, २०२५ मा खेलिनेछ।
सबै ३२ म्याचहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। जनकपुर बोल्ट्स गत संस्करणका डिफेन्डिङ च्याम्पियन हुन्। उनीहरूले अघिल्लो फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएका थिए।
अघिल्लो संस्करणका तथ्याङ्क:
विजेता: जनकपुर बोल्ट्स
उपविजेता: सुदूरपश्चिम रोयल्स
सर्वाधिक रन स्कोरर: लाहिरु मिलान्था, २९३ रन (जनकपुर बोल्ट्स)
सर्वाधिक विकेट टेकर: ललित राजबंशी (जनकपुर बोल्ट्स) र स्कट कुग्गेलेइन (सुदूरपश्चिम रोयल्स) ज्वाइन्ट १७ विकेट
यस प्रतियोगितामा स्टार खेलाडीहरू मार्टिन गुप्टिल, फाफ डु प्लेसिस, सोहेल तनवीर, डी’आर्सी शर्ट र क्रिस लिन सहभागी हुँदैछन्। युवा सुपरस्टारहरू सन्दीप लामिछाने, गेर्हार्ड इरास्मस, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा र हरमीत सिंह पनि एनपीएल २०२५ मा भाग लिँदैछन्। सबै टोलीहरूको खेलाडी बलियो भएकाले यो प्रतियोगिता अत्यन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रत्येक टोलीका मुख्य खेलाडीहरू:
सुदूरपश्चिम रोयल्स - दिपेन्द्र सिंह ऐरी, हरमीत सिंह, जोश ब्राउन, अविनाश बोहरा
पोखरा एभेन्जर्स - कुशल भुर्तेल,सागर ढकाल, जिम्मी निशाम, एडम रोसिङ्टन, रेमन रेइफर
लुम्बिनी लायन्स - रोहित कुमार पौडेल, शेर मल्ल, सुन्दीप जोरा, डी’आर्सी शर्ट
काठमाडौँ गोर्खाज - करण केसी, राशिद खान, भीम शार्की, गेर्हार्ड इरास्मस
कर्णाली याक्स - सोमपाल कामी, गुल्शन झा, म्याक्स ओ’डाउड, नन्दन यादव
जनकपुर बोल्ट्स - आसिफ शेख, जान निकोल लोफ्टी इटन, सोमपाल कामी, इमरान ताहिर
चितवन राइनोज - कुशल मल्ल, देव खनाल, सोहेल तनवीर, सैफ जैब
विराटनगर किङ्स - सन्दीप लामिछाने, लोकेश बम, फाफ डु प्लेसिस, जर्ज मुनसे
टोलीहरूको पूर्ण स्क्वाड:
जनकपुर बोल्ट्स
आसिफ शेख (कप्तान र विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, तुल थापा, मायन यादव, निकोल लोफ्टी-इटन, सोमपाल कामी, विल बोसिस्टो, दिपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुल्शन झा, युवराज खत्री, म्याक्स ओ’डाउड, दिपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा
कर्णाली याक्स
सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दिपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुल्शन झा, युवराज खत्री, म्याक्स ओ’डाउड, दिपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, उनिश थकुरी, मार्क वाट, नन्दन यादव
विराटनगर किङ्स
सन्दीप लामिछाने (कप्तान), बशीर अहमद, लोकेश बम (विकेटकिपर), सुबाश भण्डारी, नरेन भट्ट, मार्चेन्ट डि लाङ्गे, फाफ डु प्लेसिस, मार्टिन गुप्टिल, प्रतिश जीसी, साम हेजलेट, नारायण जोशी, श्रवण किस्कु, जर्ज मुनसे, साहिल पटेल (विकेटकिपर), शंकर राना, सूर्य तामाङ
चितवन राइनोज
कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दिपक बोहरा, रवि बोपारा, रिजन ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमर राउटेला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर, सैफ जैब
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, तृत राज दास, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, कृष्ण पौडेल, रेमन रेइफर, एडम रोसिङ्टन (विकेटकिपर), किरण ठगुन्ना, अभिषेक तिवारी, जिम्मी निशाम
सुदूरपश्चिम रोयल्स
दिपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दिपक बोहरा (विकेटकिपर), मिलन बोहरा, हेमन्त धामी, स्कट कुगेलेइन, क्रिस लिन, हिक्मत महरा, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हरमीत सिंह, आरिफ शेख, दिपेन्द्र थापा (विकेटकिपर), जोश ब्राउन
काठमाडौँ गोर्खाज
करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेर्हार्ड इरास्मस, दिपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, भीम शार्की, जोन सिम्पसन (विकेटकिपर), प्रतिक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा
लुम्बिनी लायन्स
रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, तिलक भण्डारी, थोमस ड्राका, अभिषेक गौतम, दुर्गेश गुप्ता, सुन्दीप जोरा, आदिल खान, शेर मल्ल, गुल्बदिन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डी’आर्सी शर्ट, सुमित महर्जन
फिक्सचर्स (म्याच तालिका):
सोमबार, १७ नोभेम्बर २०२५
म्याच १ – जनकपुर बोल्ट्स वि. काठमाडौँ गोर्खाज
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
मङ्गलबार, १८ नोभेम्बर २०२५
म्याच २ – चितवन राइनोज वि. करणाली याक्स
म्याच ३ – विराटनगर किङ्स वि. पोखरा एभेन्जर्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बुधबार, १९ नोभेम्बर २०२५
म्याच ४ – काठमाडौँ गोर्खाज वि. सुदूरपश्चिम रोयल्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बिहीबार, २० नोभेम्बर २०२५
म्याच ५ – लुम्बिनी लायन्स वि. चितवन राइनोज
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शुक्रबार, २१ नोभेम्बर २०२५
म्याच ६ – पोखरा एभेन्जर्स वि. सुदूरपश्चिम रोयल्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शनिबार, २२ नोभेम्बर २०२५
म्याच ७ – करणाली याक्स वि. लुम्बिनी लायन्स
म्याच ८ – काठमाडौँ गोर्खाज वि. विराटनगर किङ्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
सोमबार, २४ नोभेम्बर २०२५
म्याच ९ – जनकपुर बोल्ट्स वि. विराटनगर किङ्स
म्याच १० – सुदूरपश्चिम रोयल्स वि. करणाली याक्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
मङ्गलबार, २५ नोभेम्बर २०२५
म्याच ११ – काठमाडौँ गोर्खाज वि. लुम्बिनी लायन्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बुधबार, २६ नोभेम्बर २०२५
म्याच १२ – विराटनगर किङ्स वि. चितवन राइनोज
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बिहीबार, २७ नोभेम्बर २०२५
म्याच १३ – लुम्बिनी लायन्स वि. सुदूरपश्चिम रोयल्स
म्याच १४ – जनकपुर बोल्ट्स वि. पोखरा एभेन्जर्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शुक्रबार, २८ नोभेम्बर २०२५
म्याच १५ – चितवन राइनोज वि. काठमाडौँ गोर्खाज
म्याच १६ – करणाली याक्स वि. विराटनगर किङ्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शनिबार, २९ नोभेम्बर २०२५
म्याच १७ – पोखरा एभेन्जर्स वि. लुम्बिनी लायन्स
म्याच १८ – सुदूरपश्चिम रोयल्स वि. जनकपुर बोल्ट्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
आइतबार, ३० नोभेम्बर २०२५
म्याच १९ – करणाली याक्स वि. काठमाडौँ गोर्खाज
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
मङ्गलबार, २ डिसेम्बर २०२५
म्याच २० – जनकपुर बोल्ट्स वि. चितवन राइनोज
म्याच २१ – पोखरा एभेन्जर्स वि. करणाली याक्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बुधबार, ३ डिसेम्बर २०२५
म्याच २२ – विराटनगर किङ्स वि. लुम्बिनी लायन्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बिहीबार, ४ डिसेम्बर २०२५
म्याच २३ – पोखरा एभेन्जर्स वि. काठमाडौँ गोर्खाज
म्याच २४ – सुदूरपश्चिम रोयल्स वि. चितवन राइनोज
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शुक्रबार, ५ डिसेम्बर २०२५
म्याच २५ – लुम्बिनी लायन्स वि. जनकपुर बोल्ट्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शनिबार, ६ डिसेम्बर २०२५
म्याच २६ – सुदूरपश्चिम रोयल्स वि. विराटनगर किङ्स
म्याच २७ – चितवन राइनोज वि. पोखरा एभेन्जर्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
आइतबार, ७ डिसेम्बर २०२५
म्याच २८ – करणाली याक्स वि. जनकपुर बोल्ट्स
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
मङ्गलबार, ९ डिसेम्बर २०२५
म्याच २९ (क्वालिफायर १) - पहिलो स्थानको टोली वि. दोस्रो स्थानको टोली
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बुधबार, १० डिसेम्बर २०२५
म्याच ३० (एलिमिनेटर) - तेस्रो स्थानको टोली वि. चौथो स्थानको टोली
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
बिहीबार, ११ डिसेम्बर २०२५
म्याच ३१ (क्वालिफायर २) - एलिमिनेटरको विजेता वि. क्वालिफायर १ को हार्ने टोली
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
शनिबार, १३ डिसेम्बर २०२५
म्याच ३२ (फाइनल) - क्वालिफायर १ को विजेता वि. क्वालिफायर २ को विजेता
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
एनपीएल २०२५ ले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। सबै म्याचहरू कीर्तिपुरमा हुनेछन् र दर्शकहरूका लागि रोमाञ्चक क्षणहरूको अपेक्षा छ।