२०८३ श्रावण ११ गते सोमवार

images

भाषण गर्दागर्दै एमाले नेता गौतमको निधन

भाषण गर्दागर्दै एमाले नेता गौतमको निधन

सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
सहर्ष न्युज
बिहिवार, कार्तिक १४ २०८२
  • उद्योगहरूमा विद्युत् आपूर्ति रोकिएको विरोधस्वरूप उद्योगी र मजदुरले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा उनी सहभागी थिए

    बुटवल । नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र ट्रेड यूनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ।

    भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोध कार्यक्रममा भाषणका क्रममा उनी बेहोस भएर ढलेका थिए। ट्रंकलाइन विवादका कारण उद्योगहरूमा विद्युत् आपूर्ति रोकिएको विरोधस्वरूप उद्योगी र मजदुरले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा उनी सहभागी थिए।

    बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार अस्पताल पुगेपछि चिकित्सकले गौतमलाई मृत घोषणा गरेका थिए।

    ६५ वर्षीय गौतमलाई हृदयघात भएर ढलेको अस्पताल स्रोतले जनाएको छ। चेकजाँचपछि चिकित्सकहरूले हृदयघातकै कारण मृत्यु भएको पुष्टि गरेका हुन्।

    बुटवल उपमहानगरपालिका–३, ज्योतिनगर निवासी गौतम नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत हुन्। २०५४ सालदेखि पार्टी र जिफन्टको मजदुर आन्दोलनमा सक्रिय रहेका गौतमका दुई छोरा र श्रीमती छन्।

    नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोगको आरोप लगाउँदै बुटवल–भैरहवा औद्योगिक कोरिडोरका करिब १० उद्योगको लाइन काटेको विरोधमा भएको प्रदर्शनमा गौतम मजदुर पक्षबाट वक्ताका रूपमा सहभागी भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend