२०८३ श्रावण ११ गते सोमवार

images

बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड

बलात्कारको आरोपमा भविष्यवक्तालाई मृत्युदण्ड

सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
सहर्ष न्युज
बुधवार, भाद्र ५ २०८१
  •  
     

    “महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ”, इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुसार मध्य प्रान्तका मुख्य न्यायाधीश होसेन तहमासेबीले भन्नुभयो, “याज्दको क्रान्तिकारी अदालतले जारी गरेपछि र सर्वोच्च न्यायिक प्राधिकरणले पुष्टि गरेपछि यी बलात्कारी भविष्यवक्ताको सजाय लागु गरिएको थियो ।”

    तहमासेबीका अनुसार ती व्यक्तिले आफ्ना ग्राहकहरूलाई धोका दिन भविष्य बताउने सेवाहरूको प्रयोग गरेर ‘झुटो बहानामा महिला र युवतीहरूमाथि कुटपिट र बलात्कार गरेका थिए ।’

    दोषीलाई सन् २०२० मार्च र सन् २०२१ मार्चको बीचमा कुनै समयमा पक्राउ गरिएको थियो र उनीविरुद्ध ‘उजुरीहरूको सङ्ख्या’ का कारण माफीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरिएको थियो । 

    इरानमा बलात्कार र यौन उत्पीडनलगायत धेरै अपराधमा मृत्युदण्डको प्रावधान छ । 

    नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा प्रलोभनमा पारेर बेहोस हुने औषधिको इन्जेक्सन लगाई महिलाहरूलाई बलात्कार गरेको आरोपमा तीन जनालाई इरानले सन् २०२३ मा मृत्युदण्ड दिएको थियो । उनीहरूलाई सन् २०२१ को अन्त्यमा दक्षिणी प्रान्त होर्मोजगनमा यौन उत्पीडनको १२ घटनामा षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरिएको थियो । 

    एमनेस्टीलगायत मानवाधिकार समूहहरूका अनुसार चीनबाहेक इरानले कुनै पनि अन्य मुलुकको तुलनामा हरेक वर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ । इरानले सामान्यतया फाँसी दिएर मृत्युदण्ड दिने गरेको छ । रासस, एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend