२०८३ भाद्र २७ गते शनिवार

images

काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

बिहिवार, श्रावण ९ २०८२
बिहिवार, श्रावण ९ २०८२

  • काठमाडौँ । काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

    कमलादीस्थित प्रज्ञा भवन नजिकै गए राति १:१५ बजे बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भएका काठमाडौँकै वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजाल छिन्। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।

     रिजालको उपचारका क्रममा २: १५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend