२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • निर्यातमा इतिहासकै उच्च विन्दु हासिल :...

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

बिहिवार, श्रावण ९ २०८२
बिहिवार, श्रावण ९ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत   आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन  करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराएका हुन् ।  

    आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कूल निर्यात रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेखेका छन्  “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ ।  

    दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।” 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend