२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • खोटाङका प्रजिअ नरहरि घिमिरे त्रिभुवन विमानस्थलको...

खोटाङका प्रजिअ नरहरि घिमिरे त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखमा नियुक्त

खोटाङका प्रजिअ नरहरि घिमिरे त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखमा नियुक्त

सहर्ष न्युज
बुधवार, श्रावण १ २०८२
सहर्ष न्युज
बुधवार, श्रावण १ २०८२
  • काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नरहरि घिमिरे नियुक्त भएका छन्। गृहमन्त्री रमेश लेखकले खोटाङका प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेका हुन् ।

    घिमिरेको सरुवासँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्य अध्यागमन कर्मचारीको सेटिङमा भइरहेको पाइएपछि तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    यसअघि विमानस्थल अध्यागमन प्रमुखका रूपमा कार्यरत विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend