२०८३ श्रावण ११ गते सोमवार

images

इजरायलद्वारा इरानका सैन्य स्थलहरूमा थप आक्रमण

इजरायलद्वारा इरानका सैन्य स्थलहरूमा थप आक्रमण

सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
  • जेरुसेलम । इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ ।  मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ ।

    सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।  

    यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

    इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।  

    सोमबार  दुई देशहरूबिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहान्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिबद्धता गरेका छन् । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताउनुभएको छ भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend