२०८३ श्रावण ११ गते सोमवार

images
  • खेलकुद
  • नेपाल सुपर लिग बिजेता : ललितपुर...

नेपाल सुपर लिग बिजेता : ललितपुर सिटी

नेपाल सुपर लिग बिजेता : ललितपुर सिटी

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौँ । डिफ़ेण्डिङ्ग फ़िडिङ्ग ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा  पोखरा थन्डर्सलाई २ -१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ललितपुर लिगमा अपराजित रहँदै उपाधि जित्ने पहिलो टिम बन्यो । साथै ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बन्दै उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो । दशरथ रंगशालामा भएको खेलमा दर्शकको राम्रो उपस्थिति रहेको थियो।

    ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।

    साबिक विजेता ललितपुर सिटिले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलमा सिधैं स्थान बनाएको हो। पोखराले भने सुरुका दुई खेलमा पराजित हुँदै लिगको सुरुवात गरेको थियो । तर त्यसपछिका ४ र प्लेअफमा २ गरी  पछिल्ला ६ खेलमा अपराजित रहयो ।

    पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो ।

    उपाधि विजेता ललितपुरले ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend