२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • दुर्गा प्रसाईँ पक्राउ भन्दै मिडियाबाट गलत...

दुर्गा प्रसाईँ पक्राउ भन्दै मिडियाबाट गलत प्रचार

दुर्गा प्रसाईँ पक्राउ भन्दै मिडियाबाट गलत प्रचार

शुक्रवार, चैत्र २८ २०८१
शुक्रवार, चैत्र २८ २०८१
  •  

    काठमाडौँ ।  नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । 

    प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।

    उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend