२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाचार
  • फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का...

फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन बाबुराम भट्टराईको प्रस्ताव

फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन बाबुराम भट्टराईको प्रस्ताव

सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा मनाउन प्रस्ताव गरेका छन्।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले यस्तो प्रस्ताव गरेका हुन्। उनले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रूपमा मनाउन प्रस्ताव गरेका हुन्। उनले भने, 'शब्दको जुंगाको लडाइँ छोडौँ। फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष 'जनक्रान्ति दिवस' को रूपमा मनाऔँ!'

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्न पनि प्रस्ताव गरे।

    '१९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र जनयुद्ध, २०६२/६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोडौं!' उनले लेखेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend