२०८३ भाद्र २७ गते शनिवार

images

आफूले गर्भवती बनाएका ६ जना युवतीसहित एक युवक साथीको बिहेमा

आफूले गर्भवती बनाएका ६ जना युवतीसहित एक युवक साथीको बिहेमा

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्ष न्युज, काठमाडौं । बिहे चलिरहेका बेला बिहे समारोहमा एक जना युवक आए । उनको साथमा ६ जना युवती थिए र ती सबै गर्भपती थिए । ती युवकले ती सबै ६ युवतीको पेटमा हुर्किरहेका बच्चाको पिता आफू रहेको बताए । प्रिटी माइक नामका यी व्यक्ति अहिले अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । उनका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

    प्रिटी माइउक नाइजेरियाका अुन् र उनी प्लेब्वायको रुपमा चर्चित छन् । यसअघि पनि उनको बेलाबेलामा निकै चर्चा भएको थियो । २०१७ मा महिलाहरुको आपत्तिजनक फोटो पोस्ट गरेको अभियोगमा उनी पक्राउ पनि परेका थिए । अहिले उनी ५ जना गर्भवती युवती लिएर आफ्ना एक साथीको बिहेमा पुगेका थिए ।

    उनका साथी विलियम्स उचेम्बाको बिहे कार्यक्रममा सहभागी हुन उनी ६ जना गर्भवती युवती लिएर गएका थिए । उनी यसरी गएपछि बिहेमा बेहुला बेहुली भन्दा प्रिटी धेरै चर्चामा रहे । सामाजिक संजालमा प्रिटी माइकले आफूले सबैभन्दा राम्रो जीवन बाँचिरहेको र यो कुनै अभिनय ट्रिक नभएको बताएका छन् ।

    इन्स्टाग्राममा केहीले उनले बिहेमा सबै चर्चा बटुलेर बेहुला बेहुलीको मजा खराब गरिदिएको भनेका छन् । प्लेब्वायका रुपमा चर्चित माइक आफ्ना यस्ता तस्वीर सामाजिक संजालमा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर रहेको समाचार बेलायती अखबार द सनमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend