२०८३ भाद्र २७ गते शनिवार

images
  • सहकारी
  • रवि लामिछानेलाई थुनामा राखेर मुद्दा टुङ्गो...

रवि लामिछानेलाई थुनामा राखेर मुद्दा टुङ्गो लगाउन निवेदन दायर, अबको प्रक्रिया के छ

रवि लामिछानेलाई थुनामा राखेर मुद्दा टुङ्गो लगाउन निवेदन दायर, अबको प्रक्रिया के छ

सहर्ष न्युज
बुधवार, माघ ९ २०८१
सहर्ष न्युज
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामा राखेर उनीविरूद्धको मुद्दा टुङ्गो लगाउनुपर्ने माग गरिएको निवेदनमा कास्की जिल्ला अदालतको प्रतिवेदन प्राप्त भएपछि पोखरा उच्च अदालतको संयुक्त इजलासले निर्णय दिने अधिकारीहरूले बताएका छन्।

    मङ्गलवार न्यायाधीश राजकुमार खतिवडाको इजलासले धरौटी रकम लिएर छाड्नुको कारणबारे जिल्ला अदालतसँग विवरण मागेको उच्च अदालतका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए।

    उता रूपन्देही जिल्ला अदालतमा दायर गरिएको अर्को अभियोगपत्रमा लामिछानेसहित २२ जनाविरूद्ध सरकारी वकिलको कार्यालयले पूरक अभियोग दायर गरेको छ। लामिछाने बुधवार बुटवलमा अदालतमा उपस्थित हुन लागेका बताइएको छ।

    त्यसमा एक जना प्रतिवादीबाहेक रवि लामिछानेबाहेक सबैलाई फरार रहेको भनिएको छ र उनीहरूलाई प्रहरीमार्फत् झिकाएर बयान र थुनछेक बहसको प्रक्रिया अघि बढाइने अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend