२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • चालु आर्थिक वर्षको ११ महिनामा पाँच...

चालु आर्थिक वर्षको ११ महिनामा पाँच हजार ४९४ ट्रेडमार्क दर्ता

चालु आर्थिक वर्षको ११ महिनामा पाँच हजार ४९४ ट्रेडमार्क दर्ता

सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
सहर्ष न्युज
बिहिवार, आषाढ २७ २०८१
  • सहर्षन्युज, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे पाँच हजार ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म स्वदेशी र विदेशी गरी पाँच हजार ४९४ ट्रेड मार्क दर्ता भएका हुुन् । जेठ महिनामा मात्र ४२३ वटा ट्रेड मार्क दर्ता भएका हुुन् ।

    कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार, वा शब्दलाई ट्रेडमार्क भनिन्छ । पुराना फाइल किलियर भएकाले पनि धेरै सङ्ख्यामा यो वर्ष दर्ता भएको विभागले जनाएको छ ।

    विभागले वस्तुु तथा सेवामा ट्रेडमार्क जारी गर्छ । ११ महिनामा ८९ वटा ट्रेडमार्कसम्बन्धी मुद्दामा कारबाही गरिएको छ । जेठ महिनामा मात्र ३३ वटा ट्रेडमार्कसम्बन्धी मुुद्दामा कारबाही गरिएको विभागले जनाएको छ । व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महìव र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको व्रmम बढेको, धेरै उद्योगका एउटै ट्रेडमार्क परेको आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ । पेटेन्ड डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता भई सञ्चालन हुने गर्छ ।

    प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नु पर्छ । नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।

    ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरिबाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुरा सरकारले जफत गर्ने कानुनी प्रावधान छ ।

    यस्तै ११ महिनामा दुुई वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएको विभागले जनाएको छ । ४५ वटा प्रारम्भिक वातावरणीय परी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend