२०८३ कार्तिक १२ गते बुधवार

images

सिचुवान एयरलाइन्सको चार्टड विमानबाट १२९ चिनियाँ खेलाडी पोखरा पुगे

सिचुवान एयरलाइन्सको चार्टड विमानबाट १२९ चिनियाँ खेलाडी पोखरा पुगे

सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ११ २०८१
  • लेखनाथ । सिचुवान एयरलाइन्सको जहाज चार्टड गरी गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट बिहीबार बिहान आइपुगेको चिनियाँ टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभएको छ ।

    शुक्रबारदेखि पोखराको फेवातालमा हुने इन्टरनेसनल ड्रागन बोट फेस्टिभलमा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको जहाज पोखरामा तेस्रो पटक चार्टड गरी आएको हो ।

    ड्रागन बोट रेस प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० समूहले भाग लिँदै छन् । पुस १४ र १५ गते हुने प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० वटा समूहको सहभागिता रहने तय भएको छ ।

    गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने महोत्सवको सहआयोजकमा नेपाल ड्रागन बाेट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसन छन् ।

    प्रतियोगिता दुई सय मिटर र पाँच सय मिटर गरी दुई विधामा हुनेछ । दुवै विधामा प्रथम हुनेले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार दुई सय डलर पाउने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend