२०८३ श्रावण ११ गते सोमवार

images

जुवातास खेल्ने १७ जना डेढ लाख रुपैयाँसहित पक्राउ

जुवातास खेल्ने १७ जना डेढ लाख रुपैयाँसहित पक्राउ

सहर्ष न्युज
मंगलवार, पौष २ २०८१
सहर्ष न्युज
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । डेढ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा ९ओखर० खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो ।
    पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend