२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • ललितपुर महानगरपलिकाले, ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी...

ललितपुर महानगरपलिकाले, ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने

ललितपुर महानगरपलिकाले, ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने

सहर्ष न्युज
सोमवार, पौष १ २०८१
सहर्ष न्युज
सोमवार, पौष १ २०८१
  • काठमाडौं ।  ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो १०६ औँ स्थापना दिवस मनाउँदैछ ।

    सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो ।

    उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो भएको उनले बताए ।

    उनले भने, ‘१९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो महानगरपालिका हो । काठमाडौं महानगरपालिका समेत ललितपुर महानगरपालिका भन्दा तीन महिना कान्छो छ । त्यसैले भोलि चाँही हामी १०६ औँ स्थापना दिवस मनाउँदैछौं । सबैलाई निमन्त्रणा यतैबाट गर्न चाहन्छु ।’

    साथै उनले एउटै फोटोले हजारौं शब्द बोल्ने बताए । उनले फोटोले हजारौं शब्द बोले पनि भिडियोले लाखौं शब्द बोल्नुपर्ने बताए । उनले महानगरपालिका कुनै कुरामा पनि कमजोर नरहेको बताए । उनले कुनै पनि बिन्दुमा पुगेर काम गरिरहेका छौं भने त्यो रोकिन नहुने जिकिर गरे ।

    ललितपुर महानगर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने इच्छा भएको बताए । यसैगरी उनले महानगर सफा र सुगर बनाउनेसमेत धोको रहेको बताए ।

    उनले भने, ‘हाम्रो महानगरपालिका कुनै कुरामा कमजोर छैन । धेरै कुरामा अगाडि आएर अब्बल नै छौं । कुनैपनि पोइन्ट वा बिन्दुमा गएर रोकिँदैनौं, निरन्तर चलिरहनुपर्छ । अब हामीलाई एउटा ईच्छा छ जुन ललितपुर नेपालकै सबैभन्दा उत्तम हो भनेर घोषणा गर्ने । यसैगरी ललितपुर महानगरपालिका सफा बनाउने समेत धोको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend