२०८३ श्रावण ११ गते सोमवार

images

घाँटीमा लगाइरहेको सुनको सिक्री लुट्ने दुईजना प्रहरी नियन्त्रणमा

घाँटीमा लगाइरहेको सुनको सिक्री लुट्ने दुईजना प्रहरी नियन्त्रणमा

सहर्ष न्युज
आइतवार, मंसिर २३ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । घाँटीमा लगाइराखेको सुनको सिक्री लुटेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    दुई तोलाको सिक्री लुटेर गरी फरार रहेको अभियोगमा प्रहरीले धादिङ धुनिवेशी घर भइ काठमाडौंको नागार्जुन नगरपालिका बस्ने ४२ वर्षका गोरे तामाङ र काठमाडौं महानगरपालिका बिजेश्वरीका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

    बा ९६ प नम्बरको अप्पाची मोटरसाइकलमा आएका उनीहरुले घर नजिकै बसिरहेको अवस्थामा टौखेलकी ७२ वर्षीया मैया बुढाथोकीले लगाइराखेको २ तोलाको सुनको सिक्री थुतेर लगेका थिए ।

    प्रहरीले उक्त सिक्री र मोटरसाइकल बरामद गरेको छ। तामाङ सिक्री लुट्ने र श्रेष्ठ मोटरसाइकल चलाउने भएको बताएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend