२०८३ श्रावण ११ गते सोमवार

images

स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने

स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने

सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
सहर्ष न्युज
शुक्रवार, मंसिर २१ २०८१
  • म्याड्रिड । स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत् पावर प्लान्ट निर्माण गर्ने भएको छ । 

    देशको उत्तरपश्चिमी क्षेत्र गालिसियाको ओरेन्सको सिल बेसिनमा पम्प गरिएको भण्डारण पावर प्लान्ट वा गीगाब्याट्री, कन्सोमा अर्को वर्षबाट काम शुरु हुनेछ । कम्पनीले हालै परियोजनाको विवरणहरू जारी गर्न थालेको बताएको छ । 

    प्लान्टले उच्च उचाइको सेन्जा जलाशयलाई तल्लो उचाइको बाओ जलाशयसँग जोड्नेछ । ऊर्जा उत्पादन र भण्डारण गर्नका लागि ६९० मिटरको उचाइको फाइदा उठाउनेछ । १०० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्न नयाँ पूर्वाधारमा १.५ अर्ब युरो (१.५८ बिलियन अमेरिकी डलर) लगानी गरिरहेको इबरड्रोलाले निर्माण परियोजना पूरा हुन ६ वर्ष लाग्ने बताएको छ । 

    कन्सो प्लान्टले जलाशयहरू बीचको पानी पम्प गर्न दिनको समयमा उत्पादित अतिरिक्त सौर्य ऊर्जा प्रयोग गर्नेछ । जहाँ यसलाई टर्बाइनहरू मार्फत बिजुली उत्पादन गर्न आवश्यक नभएसम्म भण्डारण गरिनेछ । प्लान्टको क्षमताको लागि यसले प्रतिवर्ष ४ हजार जिडब्ल्युएच उत्पादन गर्नेछ । जुन स्पेनको कुनै पनि आणविक पावर स्टेशनले उत्पादन गरेको भन्दा झन्डै दोब्बर हो । सिन्ह्वा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend