२०८३ भाद्र २७ गते शनिवार

images

धनुषाको बटेश्वरको एक स्टोरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

धनुषाको बटेश्वरको एक स्टोरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
  • जनकपुर । धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको एक स्टोरमा आगलागी भएको छ । 

    क्त स्थानको कुशवाहा जेनरल स्टोर्समा भएको आगलागीबाट ४० लाख बराबरको धानमाल जलेर नष्ट भएको छ । 

    मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगमा आगलागी भएको थियो । 

    टपरी उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेको थियो । 

    आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ । 

    क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ ।

    विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend