२०८३ श्रावण ११ गते सोमवार

images

तराईमा हुस्सु सुरु, पहाडी भागमा हल्का वर्षाको सम्भावना

तराईमा हुस्सु सुरु, पहाडी भागमा हल्का वर्षाको सम्भावना

सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । मुलुकमै चिसो बढेदै जाँदा तराईमा हुस्सु सुरु भएको छ । आज बिहानसम्म देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । तराईका केही स्थानमा भने हल्का हुस्सु लागेको छ । त्यो हुस्सु क्रमशः हट्दै जाने छ । 

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।

    त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend