२०८३ श्रावण १० गते आइतवार

images

प्रहरीद्वारा धनगढीबाट करिब ३७ किलो चरेस बरामद, चरेस बोक्ने फरारको खोजी हुँदै

प्रहरीद्वारा धनगढीबाट करिब ३७ किलो चरेस बरामद, चरेस बोक्ने फरारको खोजी हुँदै

सहर्ष न्युज
बिहिवार, कार्तिक २९ २०८१
सहर्ष न्युज
बिहिवार, कार्तिक २९ २०८१
  • सहर्ष न्युज, धनगढी । धनगढीमा प्रहरीले ३६ किलो भन्दा बढी चरेस बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार  बुधबार साँझ धनगढी उपमहानगरपालिका–५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिएको छ ।

    स्थानीय वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो । तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । परिचय नखुलेका उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend