काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रवार पक्राउ पर्नु भएको थियो् ।
कास्की प्रहरीका अनुसार स्वास्थ्य परीक्षण पछि लामिछानेलाई शनिवार विदा भएका कारण आइतबार मात्र अदालतमा हाजिरी गराइनेछ ।
देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।
