२०८३ श्रावण ११ गते सोमवार

images

भारतीय उद्योगलाई विश्वमा चिनाउने भारतका प्रतिष्ठित विजनेश टाइकुन उद्योगपति रतन टाटाको निधन

भारतीय उद्योगलाई विश्वमा चिनाउने भारतका प्रतिष्ठित विजनेश टाइकुन उद्योगपति रतन टाटाको निधन

सहर्ष न्युज
बिहिवार, आश्विन २४ २०८१
सहर्ष न्युज
बिहिवार, आश्विन २४ २०८१
  • काठमाडौं । भारतीय उद्योगलाई विश्वभर चिनाउने भारतका प्रसिद्ध टाइकुन उद्योगपति रतन टाटाको निधन भएको छ । उनको बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।

    टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

    उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् ।

    राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

    यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् ।

    रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

    उनका दर्जनौं उद्योग व्यवसाय रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend