२०८३ श्रावण १७ गते आइतवार

images
  • समाचार
  • नयाँ बस्ती गोठाटारमा आगलागी - थप...

नयाँ बस्ती गोठाटारमा आगलागी - थप विवरण आउन बाँकी

नयाँ बस्ती गोठाटारमा आगलागी - थप विवरण आउन बाँकी

आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । गोठाटारमा भएको आगलागीमा विभिन्न पसलहरु जलेका छन् । शनिबार राति सुरु भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो, हार्डवयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गोठाटारको पहेलोपुल नजिक काठको गोदाम र सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो ।

    आगलागी राति ११ बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा ९ वटा दमकल, ३ वटा पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका – ९ का ३७ को नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई नगर अस्पताल मुलपानीमा सामान्य उपचारपश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend