काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन सम्पन्न भएसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्ष तथा मनिषलाल प्रधान कोषाध्यक्षमा निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत पाए। यस्तै, कोषाध्यक्ष पदमा मनिषलाल प्रधान ६१ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे।
यससँगै महासंघको ८ सदस्यीय पदाधिकारी टोलीले पूर्णता पाएको छ। नयाँ नेतृत्वमा अध्यक्ष अञ्जन श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा तथा कोषाध्यक्ष मनिषलाल प्रधान रहेका छन्।
गत वैशाख २२ गते सम्पन्न निर्वाचनमार्फत अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेका श्रेष्ठले चाहेजस्तै नेतृत्व टोली बनाउन सफल भएको विश्लेषण गरिएको छ ।
प्रवलजंग पाण्डे उपाध्यक्ष रहेको एसोसिएट टिम
एसोसिएट उपाध्यक्ष पदमा प्रवलजंग पाण्डे १ हजार ७९ मतसहित विजयी भएका थिए। उनकी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरेकी थिइन्। पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् भने सिटिजन्स बैंकका अध्यक्षसमेत हुन्।
एसोसिएट सदस्यतर्फ सचिन ढकालले सर्वाधिक १ हजार ३१८ मत ल्याउँदै शीर्ष स्थान हासिल गरे। त्यस्तै, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार वेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जीसी, सुरज उप्रेती र बटु लामिछाने निर्वाचित भएका छन्।
नरेशलाल श्रेष्ठ उपाध्यक्ष भएको वस्तुगत टिम
वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठले ६३ मत ल्याउँदै शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका थिए। घिमिरेले ६० मत प्राप्त गरेका थिए।
वस्तुगत सदस्यतर्फ अरनिको राजभण्डारी सर्वाधिक ७० मतसहित निर्वाचित भए। साथै विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष बिष्ट र होमप्रसाद घिमिरे पनि निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ सुनिता नेहाफुकी ५४ मतसहित विजयी भइन्। त्यस्तै निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५० मत ल्याउँदै कार्यकाल बाँड्ने भएका छन्।
कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्ष रहेको जिल्ला–नगर टिम
जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्माले ८७ मत र दिलसुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै विजय हासिल गरे। प्रतिस्पर्धी उमेश डालमियाले ५० तथा कल्पना गैरेले ३० मत मात्रै प्राप्त गरे।
जिल्ला–नगर खुल्ला सदस्यतर्फ अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की निर्वाचित भएका छन् । महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई विजयी भएका छन्।
