२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • हर्मुज जलमार्ग संकटपछि युएईद्वारा नयाँ तेल...

हर्मुज जलमार्ग संकटपछि युएईद्वारा नयाँ तेल पाइपलाइन परियोजना तीव्र गतिमा अघि बढाउँदै

हर्मुज जलमार्ग संकटपछि युएईद्वारा नयाँ तेल पाइपलाइन परियोजना तीव्र गतिमा अघि बढाउँदै

सहर्ष न्युज
शनिवार, जेठ २ २०८३
सहर्ष न्युज
शनिवार, जेठ २ २०८३
  • काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट तेल निर्यात प्रभावित भएपछि संयुक्त अरब इमिरेट्स (युएई) ले वैकल्पिक पाइपलाइन निर्माण परियोजनालाई तीव्र गतिमा अघि बढाउने भएको छ। युएईका सरकारी सञ्चारमाध्यमले शुक्रबार उक्त जानकारी दिएका हुन्।

    अबुधाबी मिडिया अफिसका अनुसार पश्चिम–पूर्वी पाइपलाइन परियोजनामार्फत फुजैराह बन्दरगाहबाट राज्यको प्रमुख इन्धन उत्पादक कम्पनी एडिएनओसीको निर्यात क्षमता दोब्बर बनाइनेछ। परियोजनालाई आगामी वर्षसम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अगाडि बढाइएको जनाइएको छ।

    अबुधाबीका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान ले एडिएनओसीलाई परियोजना निर्माण कार्य तीव्र बनाउन निर्देशन दिनुभएको बताइएको छ।

    ‘पोर्ट अफ फुजैराह’का अनुसार हब्शान तेल क्षेत्रदेखि फुजैराहसम्म फैलिएको ३६० किलोमिटर लामो पाइपलाइनको दैनिक क्षमता १८ लाख ब्यारेल रहनेछ।

    यसै महिनाको सुरुवातमा तेल उत्पादन नियन्त्रणसम्बन्धी नियम उल्लङ्घन गर्दै उत्पादन तथा आपूर्ति बढाएको युएईले आगामी वर्षसम्म दैनिक उत्पादन क्षमता ५० लाख ब्यारेल पुर्‍याउने योजना अघि सारेको छ।

    मध्यपूर्व युद्धका क्रममा फुजैराह क्षेत्रमा रहेका इन्धन उत्पादन तथा प्रशोधन केन्द्रहरू बारम्बार आक्रमणको निशानामा परेका छन्। गत मे ४ मा भएको पछिल्लो आक्रमणमा तीन भारतीय नागरिक घाइते भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend