काठमाडौँ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
खड्का आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका थिए। जिल्ला अदालत, काठमाडौँले उनलाई सम्पत्ति शुद्धीकरण ऐन अनुसार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रहरीले गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएका नोटको आधारमा मुद्दा अघि बढाएको जनाएको छ।
