२०८३ कार्तिक १५ गते शनिवार

images
  • समाचार
  • एमालेले टुंग्यायो समानुपातिक सांसद, विभिन्न क्लस्टरबाट...

एमालेले टुंग्यायो समानुपातिक सांसद, विभिन्न क्लस्टरबाट १६ जना सिफारिस

एमालेले टुंग्यायो समानुपातिक सांसद, विभिन्न क्लस्टरबाट १६ जना सिफारिस

सहर्ष न्युज
शनिवार, फाल्गुण ३० २०८२
सहर्ष न्युज
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फबाट पठाइने सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ। पार्टीको सचिवालय बैठकले समावेशी सिद्धान्त र विभिन्न क्लस्टरका आधारमा उम्मेदवारहरूको नाम टुंग्याएको हो।

    पार्टी सचिव महेश बस्नेतका अनुसार समानुपातिक प्रणालीअन्तर्गत प्राप्त सिटहरूलाई समावेशी प्रतिनिधित्वका आधारमा बाँडफाँट गर्दै सांसदहरूको नाम छनोट गरिएको हो।

    एमालेले खस आर्य समूहबाट ५ जनालाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ। यस क्लस्टरमा महिलातर्फ पूर्वमन्त्री पद्यमा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल परेका छन्। पुरुषतर्फ भने गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम तय गरिएको छ।

    त्यस्तै, जनजाति क्लस्टरबाट ४ जना चयन भएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय भएको छ।

    मधेसी समुदायबाट ३ जनाको नाम टुंगिएको छ। यसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डललाई सांसद बनाउने निर्णय गरिएको छ।

    त्यसैगरी दलित कोटाबाट विष्णुमाया वी.के. र नीता घटानी सांसद बन्ने भएका छन्। थारु समुदायबाट कृपाराम राणा तथा मुस्लिम कोटाबाट साजिदा सिद्दीकीको नाम पनि समानुपातिक सूचीमा समेटिएको एमालेले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend