२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको जित...

काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको जित सुनिश्चित

काठमाडौँ–१ मा रास्वपाकी रञ्जु दर्शनाको जित सुनिश्चित

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (रञ्जु न्यौपाने) को जित सुनिश्चित भएको छ । मतगणना जारी रहँदा उनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।
    प्रारम्भिक तथा पछिल्लो मत परिणामअनुसार रञ्जु दर्शनाले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापालाई उनी ठूलो मतान्तरले पछि पार्दै विजय नजिक पुगेकी हुन् ।
    यो क्षेत्रमा यसअघि नेपाली कांग्रेसले लगातार जित हासिल गर्दै आएको थियो । तर यसपटक रास्वपाको घण्टी चिन्ह र युवा मतदाताको आकर्षणले दर्शनालाई बलियो बनाएको देखिन्छ । मतगणना जारी रहेकाले औपचारिक विजयी घोषणा भने केही समयमा हुने अपेक्षा गरिएको छ । रास्वपाले काठमाडौं उपत्यकाका धेरै क्षेत्रमा समेत राम्रो प्रदर्शन गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend