२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • पृथ्वी राजमार्गको चरौदी नजिकै बस दुर्घटना...

पृथ्वी राजमार्गको चरौदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २८ घाइते (मृतक तथा घाइतेको नाम सहित)

पृथ्वी राजमार्गको चरौदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको मृत्यु, २८ घाइते (मृतक तथा घाइतेको नाम सहित)

सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
  • धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।

    पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक रहेका छन्।

    बसमा चालकसहित ४५ जना सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका २८ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइते सबैको पहिचान खुलिसकेको जनाइएको छ।

    घाइतेको उद्धार र उपचार

    दुर्घटनास्थलबाट सबै घाइतेहरूको उद्धार कार्य सम्पन्न भइसकेको छ। केही घाइतेलाई नजिकैका स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

    उद्धार कार्यमा जिल्लास्थित तीनै सुरक्षा निकायका सुरक्षाकर्मी तथा स्थानीयवासी सक्रिय रुपमा खटिएका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend