२०८३ श्रावण १२ गते मंगलवार

images

भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद

भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद

सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
  • पर्सा । पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ । 

    सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा इलाकाबाट सात लाख ८० हजार ४ सय ३० रुपियाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो ।

    यस्तै, भारतबाट अवैध रूपले ल्याइ सोही ठाउँको खुम्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको तीन लाख ६ हजार ६ सय ३० रुपियाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरू समेत प्रहरीले बरामद गरेका छन् । 

    यसबाहेक, सोही ठाउँको एक घरमा लुकाएको चार लाख ७३ हजार ८ सय रुपियाँको काजु, खजुर, बदाम, बिस्कुट, अजिर र किसमिसका सामान बरामद भएको छ । सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको थियो ।

    यसैगरी सोही महानगरपालिका-८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा पनि भण्डारण गरी राखिएको दुई लाख ७० हजार १ सय ७० रुपियाँको आलु र प्याज समेत बरामद भएको छ । प्रहरीले सोही महानगरपालिका-१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपियाँ बराबरको काजु, मरिच र ट्याम्पोसहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनमा संलग्न बारा जिल्लाको विश्रामपुर गाउँपालिका-२ बैरैनिया बस्ने २५ वर्षीया विनोद कुश्वाहा सो सामान ना २ ह ५९६ नम्बरको ट्याम्पोमा लोड गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघि पनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपियाँ बराबरको अवैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend