२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने...

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
  • बागलुङ : गण्डकी प्रदेशमा नै सर्वाधिक अंक प्राप्त गरी बागलुङको गलकोटस्थित नरेठाँटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ। न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट भएको हो।

    नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अंक प्राप्त गरेर उत्कृष्ट बनेको हो। मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्यचौकीले विभिन्न स्वास्थ्य सूचकका आधारमा सो अंक प्राप्त गर्न सफल भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

    गत वर्ष पनि नरेठाँटी स्वास्थ्यचौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनमा ९८ प्रतिशत अंकसहित नरेठाँटी स्वास्थ्यचौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए।

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत र लगावका कारण प्रदेशमै उत्कृष्ट बनेको घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार भौतिक पूर्वाधारजस्तै भवनको अवस्था, पानी–बिजुली, शौचालय, प्रतीक्षालय, सेवा कक्ष, अपांगमैत्री पहुँच, फोहर व्यवस्थापन, कर्मचारी, तालिम र त्यसले दिने सेवा प्रवाहको अवस्थाका आधारमा मूल्याङ्कन हुँदै आएको छ।

    फोहर व्यवस्थापनमा मानव संशाधन, स्वीकृत दरबन्दीअनुसार कर्मचारी, उपस्थिति, तालिमप्राप्त जनशक्ति, जिम्मेवारी बाँडफाँट, ओपिडी, मातृशिशु सेवा, खोप, परिवार योजना, पोषण, क्षयरोग/कुष्ठरोग सेवा, आकस्मिक प्राथमिक उपचार, औषधि तथा उपकरण, आवश्यक औषधिको उपलब्धतालगायतले नरेठाँटी उत्कृष्ट रहेको गलकोट–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend