२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • काठमाडौंमा गोली हानेर ६५ तोला सुनसहित...

काठमाडौंमा गोली हानेर ६५ तोला सुनसहित चोरीका मुख्य आरोपी पक्राउ

काठमाडौंमा गोली हानेर ६५ तोला सुनसहित चोरीका मुख्य आरोपी पक्राउ

सहर्ष न्युज
बिहिवार, माघ २३ २०८२
सहर्ष न्युज
बिहिवार, माघ २३ २०८२
  • काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–६ महाँकाल क्षेत्रमा प्रहरीले गोली चलाएर ६५ तोला सुनसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाँकेका प्रेम चौधरी रहेको प्रहरीले जनाएको छ।

    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाको अनुसन्धानका क्रममा विशेष सूचनाका आधारमा प्रहरीले गएराति चौधरीलाई पछ्याउँदै नागार्जुन क्षेत्रमा पुगेको थियो।

    गएराति करिब ११ः३० बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिनुभयो।

    घटनाका क्रममा एक जना प्रहरी हबल्दार सामान्य घाइते भएका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार चौधरीको खुट्टामा गोली लागेको छ र उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    प्रहरीले चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न मुख्य आरोपी रहेको प्रहरीको दाबी छ।

    यसै हप्ता काठमाडौंको भोटेबहालबाट करिब २५ तोला सुन चोरी भएको थियो भने गत मंगलबार बौद्धको टुसाल क्षेत्रमा एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका गरगहना चोरी भएको थियो। यसका साथै कालिमाटी र ललितपुरका विभिन्न स्थानमा पनि नगद तथा गरगहनासम्बन्धी चोरीका घटनाहरू भएका थिए।

    प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend