२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको...

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
सहर्ष न्युज
आइतवार, माघ १९ २०८२
  • काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।

    नेपाल आर्थिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अन्य दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म निजीक्षेत्र र आर्थिक विषय प्राथमिकतामा नपरेका अध्यक्ष ढकालले बताउनुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । “दल आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

    निजी क्षेत्रले राज्यमा पुर्‍याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेका अध्यक्ष ढकालले चिन्ता व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई राज्यले प्रोत्साहन । संरक्षण नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend